अबैध क्रशर र बालुवा प्रशोधन बन्द गराईएपछि शक्तिकेन्द्र धाउदै सञ्चालक

२३ असार २०७७, मंगलवार १०:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालयले प्राकृतिक स्रोतसाधनको दोहनका बिरुद्ध अभियान सञ्चालन गर्दै अबैध बालुवा प्रशोधन र क्रशर बन्द भएपछि उनीहरु पुनः सञ्चालनका लागि शक्तिकेन्द्र धाउन सुरु गरेका छन् ।

शक्तिको आडमा नदीजन्य पदार्थको उत्खनन र प्रशोधन गर्ने बालुवा प्रशोधन उद्योग र क्रशर उद्योग संबन्धित निकायमा दर्ता र नबिकरण नगरी वर्षौदेखि सञ्चालन गर्दै आएकाहरुलाई जिल्ला अनुगमन समितिको निर्णयले बज्रपात परेको हो ।

बाँकेमा सञ्चालनमा रहेका २७ वटा क्रशर तथा बालुवा प्रशोधन केन्द्र मध्ये ३ वटामात्रै दर्ता र नबिकरण भएको पाईएकोले २४ वटा दर्ता र नबिकरण नभएको क्रशर बालुवा प्रशोधन केन्द्रको विद्युत लाईन काट्नुको साथै ती उद्योग बन्द गर्न प्रशासनले कडाई गरेपछि उनीहरु शक्तिकेन्द्र धाउन थालेका हुन ।


राप्ती सोनारी गाउपालिका–२ मुगुवा सामुदायिक बनको मुगुवा खोलाबाट प्रहरीले एक्जाभेटर नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि गाउपालिकालाई बुझाएको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए । । उनले खोलाको छेउमा जम्मा पारेर राखेको नदीजन्य पदार्थ पनि के कस्तो हो सो को बारेमा समेत बुझ्नको लागि गाउपालिकालाई ध्यानकर्षण गराएको बताए ।

बाँकेमा राजनीतिक संरक्षण र मिलेमतोमा बाताबरणीय परिक्षण नै नगराई अनाधिकृत तरिकाले खोला र नदीमा एक्जाभेटर प्रयोग गरी नदीजन्य पदार्थको दोहन गर्दै आएको जनगुनासो व्यापक आएपछि स्थानीय प्रशासनले कडाई गर्न सुरु गरेको हो ।

Next Post

ओली–प्रचण्ड सहमतिका लागि छलफलमा जुटे

२३ असार २०७७, मंगलवार १०:५८
सदरलाइनडटकम, काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधान गर्न दुई अध्यक्ष छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल केही दिनदेखि उत्पन्न विवादको समाधान खोज्न छलफलमा जुटेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अगाडिबाट सुरु छलफलमा पछिल्लो पटक विभाजनसम्म पुग्न […]

सम्बन्धित