देशमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

सदरलाइन संवाददाता २३ आश्विन २०७७, शुक्रबार १७:५४
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख ६ सय ७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । शुक्रवार देशभर १३ हजार ८ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको छ ।


शुक्रवार संक्रमित हुनेहरूमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । शुक्रवार कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो ।

Next Post

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

२३ आश्विन २०७७, शुक्रबार १७:५४
नेपालगञ्ज : बाँकेमा शुक्रवार राती थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका एक जना पुरुष र दाङका एक किशोरको उपचारका क्रममा मृत्यु भएको हो । कोहलपुर नगरपालिका वडा नम्बर ९ पिपरीका ३८ बर्षीय पुरुषको शुक्रवार राती ११ बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । असोज […]

सम्बन्धित