डिसीसीएमसीलाई स्वास्थ्य सामग्री प्रदान

सदरलाइन संवाददाता २९ आश्विन २०७७, बिहीबार १६:४०
 

नेपालगञ्ज : कोरोना रोकथाम तथा नियन्त्रणका लागि आड्रा नेपालले सहयोगस्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

कोरोना रोकथामका लागि आड्रा नेपालले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई बिहीवार ६ सय थान भिटिएम र २ सय थान डिजिटल थर्मामिटर उपलब्ध गराएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।


प्राप्त भिटिएम सम्भावित कोरोना संक्रमितहरुको निःशुल्करुपमा पिसिआर परीक्षण गर्दा प्रयोग गरिने र थर्मामिटर आइसोलेशनमा उपचाररत बिरामीहरुको ज्वरो नाप्नका लागि आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोग गरिने संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाकारी दिए ।

Next Post

अनेरास्ववियूले बुझायो ज्ञापनपत्र

२९ आश्विन २०७७, बिहीबार १६:४०
नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बाँकेले विभिन्न चार बुँदे ध्यानाकर्षणसहितको एक ज्ञापन पत्र बाँके प्रशासनलाई बुझाएको छ । अनेरास्ववियू बाँकेका संयोजक सुरेन्द्र जंग शाह (जम्बो) र सह(संयोजक टेकेन्द्र मल्लको नेतृत्वमा गएको एक टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई […]