चिसो बढेपछि नेपालगञ्जका सार्वजनिक स्थानमा उपमहानगरद्वारा आगो ताप्ने व्यवस्था

सदरलाइन संवाददाता २० पुष २०७८, मंगलवार १९:१२
 


नेपालगञ्ज : अत्याधिक चिसो तथा हुस्सुले जनजीवन प्रभावित बनाएपछि नेपालगञ्ज उपमहानगरले सार्वजनिक स्थानमा आगो बाल्नको लागि दाउरा खसाल्न सुरु गरेको छ ।

मंगलबार बिहानैदेखि घाम नलागि बाक्लो हुस्सु र चिसो स्याँठ चल्न थालेपछि नेपालगञ्जको त्रीभुवन चोक तथा मानिसहरु अत्याधिक भिडभाड रहने स्थानमा ड्रम राखेर दाउरा बाल्न सुरु गरिएको नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिए ।

उनले नगरका विभिन्न ५० बढी स्थानमा आगो ताप्ने व्यवस्था मिलाईएको र चिसोबाट बचाउनको लागि नगरभित्रका बिपन्न तथा आश्रय विहिनलाई समेत न्यानो कपडा वितरण गर्ने तयारी गरिएको बताए ।


नेपालगञ्जको त्रीभुवन चोकबाट बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको उपस्थितिमा उपमहानगर प्रमुख डा.धवल शम्शेर राणाले आगो बालेर उद्घाटन गरेका छन् । सो अवसरमा उपप्रमुख उमा थापामगर, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसोका कारण बाँकेका सामुदायिक विद्यालय बन्द

२० पुष २०७८, मंगलवार १९:१२
नेपालगञ्ज : चिसो अत्याधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिकाहरु विरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । सरकारी विद्यालय बन्द गरिएपनि निजी विद्यालयहरु भने बन्द गरिएको छैन् । कठ्याँग्रिदो चिसोमा समेत निजी विद्यालयहरुले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् । एकजना अभिभावकका अनुसार चिसोले बालबालिका […]

सम्बन्धित