सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको गुरुद्वारा अगाडि रहेको फर्निचर पसलमा बिहिबार राती भिषण आगलागी भएको छ । सो आगलागीमा परेर १२ वटा फर्निचर पसलसहित १३ वटा पसल नष्ट भएका छन् ।
नेपालगन्जको सुर्खेतरोडस्थित बिपिचौकदेखि उत्तरपूर्वीलाईनमा रहेका लस्करै फर्निचर पसलहरुमा विद्युत सर्टसर्किट भएर आगलागी भएको हो ।
बिहीबार राती सवा ११ बजेतिर हाजी लड्डन गुड्डुले सञ्चालन गरेको न्यू एवान फर्निचर पसलबाट सुरु भएको आगोले आसपासमा रहेका अन्य १२ वटा फनिर्चर पसल र १ डेन्टल ल्याव जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए ।
उनले आगलागीमा परेर कुनै मानविय क्षति भएपनि करिव ३ करोडको धनमाल नष्ट भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बताए । उनले दमकलका लागि पानी भर्ने स्टेशन नजिक नभएको कारण आगो नियन्त्रणमा लिन समय लागेको बताए ।
सो आगलागी नियन्त्रणमा लिनको लागि नेपालगन्ज, कोहलपुर, नेपालगन्ज विमानस्थल, र बर्दियाको गुलरिया नगरपालिकाको दमदमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ५ बजे मात्र नियन्त्रणमा आएको थियो ।