खजुरा सम्मेलनको स्मारिका प्रकाशित

; १२ भाद्र २०७७, शुक्रबार १८:३१
 

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले गत वर्ष कार्तिक ६ र ७ गते आयोजना गरेको बृहत खजुरा सम्मेलनको स्मारिका प्रकाशन गरी विमोचन गरेको छ । खजुराको विकास र समृद्धिको महत्वपूर्ण आधारकारुपमा रहेको उक्त स्मारिका खजुरा गाउँपालिकाले आफ्नो सम्पत्तीका रुपमा ग्रहण गरेको छ ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, बृहत खजुरा सम्मेलन व्यवस्थापन समिति संयोजक भक्तबहादुर केसीले शुक्रवार पालिकामै आयोजिक कार्यक्रममा संयुक्तरुपमा स्मारिका विमोचन गरे ।

सो अवसरमा बोल्दै खजुरा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा सम्मेलनबाट पारित २१ बँुदे घोषणापत्रमा टेकेर खजुराको समृद्धि र विकासमा अगाडि बढ्ने बताए ।

उनले १५ वर्षमा खजुराको काँचुली फेर्न गाउँपालिकाले १५ वर्षे गुरुयोजना बनाएर अगाडि बढाएको बताए । अध्यक्ष कक्षपतिले सम्मेलनमा सहभागी भई विभिन्न भूमिकामा रहने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बृहद् खजुरा सम्मेलन २०७६ स्मारिका खजुराको इतिहासको रुपमा रहेको उल्लेख गरे ।


अध्यक्ष कक्षपतिले खजुरा सम्मेलनमा पारित भएका विभिन्न कार्यपत्र तिनले निर्देश गरेका विषय र १५ वर्षे गुरुयोजना अन्तरगत योजनावद्ध विकासमा खजुरा अग्रसर भएको बताए । उनले खजुरामा निर्माण भइरहेको औद्योगिक ग्राम, खेलकुद ग्राम, कृषि, शिक्षा स्वास्थ्यलगायतका पूर्वाधार विकास १५ वर्षे गुरुयोजना अनुसारै अगाडि बढेको बताए ।

बृहद् खजुरा सम्मेलन व्यवस्थापन समितिका संयोजक भक्तबहादुर केसीले स्मारिका गाउँपालिकाको महत्वपूर्ण दस्तावेज भएको उल्लेख गरे । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले खजुरा गाउँपालिकाको भविष्यको जग विकास र समृद्धिको आधारका रुपमा स्मारिका रहेको बताए ।

प्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेको बृहत खजुरा सम्मेलनमा खजुरा समृद्धिका लागि कृषि, ग्रामीण विकासका लागि महिला सशक्तीकरण, समाजिक समावेशीकरण र खजुरा, स्वस्थ नागरिक र खजुरा, खेलकूद र सृजनशीलता, विकासमा नागरिक सहभागिता, गुणस्तरीय तथा प्राविधिक शिक्षाका आधारहरु, आर्थिक विकासमा खजुरा, पूर्वाधार विकासमा खजुरा, ग्रीन सिटीको अवधारणा विषयमा खजुरा क्षेत्रकै विषय विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसमाथि टिप्पणी हुनुका साथै सहभागीबाट खुलेर सल्लाह सुझाव संकलन गरिएको थियो । तिनै कार्यपत्रको संगालो स्मारिकाको विषयबस्तु हुन् । खजुरामा जन्मिएर आधारभूत शिक्षा हासिल गरी अध्ययन तथा पेशागत कामका लागि देश विदेशमा रहेका तथा खजुरामा हाल बसोबास गर्दै आएका करीब ३ सय ५० जनाले सम्मेलनमा भाग लिएका थिए ।

Next Post

नेपालगञ्जका बैंक तथा बित्तिय कर्मचारीद्वारा एकहजार भिटिएम सहयोग

१२ भाद्र २०७७, शुक्रबार १८:३१
  नेपालगञ्ज :  कोभिड–१९ को कहरबाट जोगिन समुदायस्तरसम्म कोरोना जाँच आवश्यक भएको आवाज उठी रहेकै बेलामा कोरोना जाँचको लागि आवश्यक पर्ने भिटिएम सहयोग प्राप्त भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले नेपालगञ्जका  बैंक तथा  बित्तीय  कर्मचारीहरुले कोरोना परिक्षणलाई जनस्तरसम्म पुराउन […]