अन्तरास्ट्रिय जातिय विभेद उन्मुलन दिवसमा भेरी अस्पतालका विरामीलाई फलफूल

सदरलाइन संवाददाता ८ चैत्र २०७७, आईतवार १८:१४
 


नेपालगञ्ज : अन्तरास्ट्रिय जातिय विभेद उन्मुलन दिवस २१ मार्च को अवसरमा नेपालगञ्जको भेरी अस्पतालमा रहेको सुत्केरी र कुपोषणमा रहेका बालबालिकालाई फलफुल वितरण गरिएको छ ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज बाँकेको आयोजनामा गरिएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय देवराज भार, पुजन विश्वकर्मा, प्रदेश कमिटी सदस्य नन्द विश्वकर्मा बाँके अध्यक्ष सूर्य ढकाल, सचिव प्रमोद धिताल तथा जिल्ला अध्यक्ष हिमबहादुर नेपाली भिमबहादुर नेपालीलगायतको सहभागिता रहेको थियो ।


जातिय बिभेद उन्मुलनको दिनको अवसर पारेर २१ मार्चमा विषेश कार्यक्रम गरिदै आएको छ । सोही क्रममा बाँकेमा अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको अध्यक्ष नेपालीले जानकारी दिए ।

Next Post

त्रिवेणीको दोस्रो जितसंगै बटुल्यो ६ अंक

८ चैत्र २०७७, आईतवार १८:१४
नेपालगञ्ज  : गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङले कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्लालाई एन्फा प्रेसिडेन्ट लिग फुटबलमा आइतबार २–१ ले पराजित गरेको छ । नेपालगञ्ज रंगशालामा भएको आइतबारको खेलको अन्तिम मिनेटमा सन्तबहादुर गुरुङले गोल गरेपछि त्रिवेणीले खेल जित्दै ३ अंक जोडेको हो । जारी लिगमा त्रिवेणीले दोस्रो खेल जित्दै […]

सम्बन्धित