निजामती सेवा दिवसमा जानकीमा वृक्षरोपण

सदरलाइन संवाददाता २२ भाद्र २०७८, मंगलवार १६:३१
 

जानकी (बाँके) : निजामती कर्मचारी सेवा दिवसको उपलक्ष्यमा बाँकेको जानकी गाउँपालिकाले आज वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

गाउँपालिकाको निर्माणाधिन प्रशासनीक भवनको प्राङगणमा वृक्षरोपण गरिएको हो । गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले एक समारोहका बीच वृक्षारोपण कार्यक्रमको शुरुवात गरेका थिए ।

गाउँपालिकाको प्रशासनिक भवनलाई हरियाली बनाउन निजामती कर्मचारीसेवा दिवसको अवसर पारेर वृक्षारोपण गरिएको बताउँदै कार्यवाहक अध्यक्ष धितालले विरुवाको संरक्षणमा ध्यान दिनसमेत आग्रह गरे ।


दिवसको अवसर पारेर गाउँपालिका प्रशासनीक भवनको प्राङगण र इन्द्रपुर स्वास्थ्य चौकीको प्राङगणमा गुलमोहर, श्रीस, मसला लगायतका जातको करिव सय थान विरुवा रोपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । उनका अनुसार, वृक्षरोपण कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका साथ मङ्गलबार देशभरिका निजामती कर्मचारीले विभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार १५ संक्रमित थपिए, ४ डिस्चार्ज

२२ भाद्र २०७८, मंगलवार १६:३१
नेपालगञ्ज : बाँकेमा मंगलवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९८ नमुना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो । भेरीमा १०, कोहलपुर मेडिकल कलेजमा ४ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ […]