भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

सदरलाइन संवाददाता २० आश्विन २०७७, मंगलवार १७:०८
 

काठमाण्डौ : भारतमा कोरानाका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । मंगलवारसम्म भारतमा एक लाख ३ हजार ६ सयमा कोरोना पुष्टि भएको छ ।

विश्वको सबैभन्दा धेरै संक्रमण पाइएको देशमा भारत दोस्रो स्थानमा छ । भारतलमा हालसम्म ६ लाख ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ । भारतमा हाल ९ लाख १८ हजार संक्रिय संक्रमित रहेका छन् ।


भारतमा पछिल्ला केही दिनयता भने कोरोना मृत्युदरमा केही कमी आएको छ । देशको महाराष्ट्रमा मात्रै ३७ हजारभन्दा बढीको ज्यान गएको छ भने तमिलनाडुमा ९ हजार ८ सयको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Next Post

डा. कनोडियालाई कोरोना संक्रमण

२० आश्विन २०७७, मंगलवार १७:०८
नेपालगञ्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । डा. कनोडियालाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्यमा असजिलो महसुश भएपछि मंगलवार उनले कोरोना परीक्षण गराएका थिए । रिपोर्ट पोजेटिभ आएपछि होम […]