एचसीआरसी ब्याडमिण्टन नेपालगञ्जमा हुने

१६ पुष २०७६, बुधबार १७:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : एचसीआरसी कप ब्याडमिन्टनको दाश्रो संस्करण पौष २४ गतेदेखि नेपालगञ्जमा हुने भएको छ । आयोजक एचसीआरसी अस्पताल नेपालगञ्जले पत्रकार सम्मेलन गरि यस्तो जानकारी गरएको हो ।
३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा इभेन्टहरु समावेश गरिएका अयोजकले जनाएको छ । प्रतियोगितामा जुनियर अण्डर–१३ छात्र, छात्रा, अण्डर १६ छात्र, छात्रा, मिक्स डबल्स र खुल्ला डबल्स गरि ६ वटा इभेन्टहरु रहेका छन् । आयोजक संस्थाका अध्यक्ष डा. कुमारशान शाहका अनुसार डबल्स खुल्ला तर्फ प्रथम द्वितीय र तृतीय हुनेलाई नगद क्रमशः ४० हजार २० हजार र १० हजार रुपैयाँ पुरस्कार रहेको छ ।
त्यसै गरि विजयी हुने विद्यालयस्तरीय तर्फ विजयी हुने खेलाडीलाई पनि खेल समाग्री र अन्य आकर्षक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि डबल्स खुल्ला टीम तर्फ १५ हजार विद्यालय स्तरीय प्रति खेलाडी २ सय रुपैयाँ र मिक्स डबल्स तर्फ ५ सय रुपैयाँ प्रवेश शुल्क तोकेको अस्पतालका व्यवस्थापक रमेश सिटौलाले जानकारी दिए । अस्पतालको स्थापना दिवसको अवसर पारी हरेक बर्ष प्रतियोगिता आयोजना गरिने सिटौलाले बताए ।

Next Post

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशीद्वारा उम्मेदवार घोषणा

१६ पुष २०७६, बुधबार १७:४६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर समावेशी प्यानलले उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेको घोषणा गरेको हो । […]