एमाले बाँकेले राप्तीपारीको नरैनापुरबाट थाल्यो स्थानीय निर्वाचन केन्द्रित अभियान

१८ चैत्र २०७३, शुक्रबार १९:०५
 

सदरलाइनडटकम   
१८ चैत, नेपालगन्ज  : नेकपा एमाले बाँकेले स्थानीय निकायको निर्वाचनको तयारी जिल्लाको बिकट मानिने नरैनापुरबाट शुरु गरेको । जिल्ला अध्यक्ष अशोक कोईरालाको नेतृत्वमा जिल्लाका सम्पूर्ण नेताहरुको सहभागिता रहेको सो भेला तथा सम्मेलनमा मधेसी समुदायका नेता कार्यकर्ताको उल्लेखनिय सहभागिता रहेको थियो ।
सो अवसरमा एमाले नेताहरुले नरैनापुर लगायत राप्तीपारीको विकासका लागि आफ्नो पार्टी निरन्तर लागिरहेको बताए । सिंचाई, बिजुली, बाटोघाटो निर्माणमा सक्रिय हुने पनि नेताहरुले सो अवसरमा बताए । सो भेलामा एमाले जिल्ला अध्यक्ष लगायत कोईराला, उपाध्यक्ष निरक गुरुगं, सचिव रत्न खत्री, सचिवालय सदस्यहरु पदम धिताल, सो क्षेत्रका इन्चार्ज अब्दुल हुसेन खान, सचिवालय सदस्य किस्मतकुमार कक्षपति लगायतको सहभागिता रहेको थियो । चुनावी भेटघाटका लागि एमालेका जिल्ला नेताहरु अहिले नेता कार्यकर्ता तथा सर्बसाधारणहरुको घर दैलोमा पुगिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीयस्तर मै आचार प्रसोधन तथा बजारीकरणमा जोड

१८ चैत्र २०७३, शुक्रबार १९:०५
सदरलाइन/गुरमु्रत यादव   १९ चैत, बाँके : किसान तथा कृषिमा लगानी गर्ने निकायहरु उत्पादनमा मात्र सिमित नभई प्रसोधन तथा बजारीकरणमा पनि ध्यान दिनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । स्थानीय उत्पादनलाई बाहिर नपठाई प्रसोधन तथा बजारीकरणमा सक्रियतापुर्वक लाग्नसके आयआर्जनमा ठूलो टेवा पुग्ने उनीहरुको भनाई रहेको थियो । साना तथा […]