जमुनाहा नाकाको हेल्थडेस्कका कर्मचारी कामविहीन

सदरलाइन संवाददाता ४ पुष २०७९, सोमबार १३:०४
 

नेपालगञ्ज : नेपालगञ्ज नाकामा रहेको हेल्थडेस्कका १९ जना कर्मचारी कामविहीन भएका छन् । माथिल्लो निकायले स्पष्ट निर्देशन नदिँदा नाकाको हेल्थ डेस्कमा खटिएका कर्मचारी तीन महिनादेखि कामविहीन भएका हुन् ।

सरकारले कोरोना, मलेरिया र टिबी जाँच गर्नका लागि नेपालगञ्जको नाकामा रहेको जमुनाहामा २०७७ चैत्र १२ गते हेल्थ डेस्क सञ्चालन गरेको थियो । दुई दिनपछि १४ गते कोरोनाका विरामी फेला परेका थिए ।

त्यसयता एक लाख दश हजारको जाँच गर्दा एक हजार ६ सय ५२ जना कोरोना संक्रमित फेला परेका छन् । १८ हजारलाई जाँच गर्दा ३ जनामा मलेरिया र १ हजार ६ सय जनाको जाँच गर्दा १३ जनामा टिबी फेला परेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए ।


असोजदेखि हेल्थ डेस्कमा कुनै जाँच भइरहेको छैन । कर्मचारीहरु आउने र बसेर जाने गरिरहेका छन् । कोरोना संक्रमण कम भएकाले सरकारले परीक्षणमा त्यति ध्यान नदिएको सम्बद्धहरु बताउँछन् ।

विशेष गरी उक्त हेल्थ डेस्क भारतबाट काम गरेर फर्किएका नेपालीलाई जाँच्नका लागि सञ्चालनमा ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपांगता भएकालाई विपदबाट हुने क्षति न्युनीकरणमा जोड

४ पुष २०७९, सोमबार १३:०४
कोहलपुर (बाँके) : अपांगता भएका व्यक्तिहरुले विपदबाट हुने क्षति सकेसम्म व्यहोर्न नपरोस् भन्नका लागि स्थानीय सरकारले पूर्व योजना बनाउन जरुरी रहेको देखिएको छ । सिविएम ग्लोबलको आर्थिक सहयोगमा अपांग सशक्तिकरण एवम् सञ्चार केन्द्र डेक नेपालले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति, विपदसँग सम्वन्धित […]

सम्बन्धित