कुशे औशीको अवसरमा लियो क्लव नेपालगञ्ज बजारद्वारा वक्तृत्वकला

सदरलाइन संवाददाता २८ भाद्र २०८०, बिहीबार १७:३१
 

नेपालगञ्ज :  कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिनको अवसर पारेर लियो क्लव अफ नेपालगञ्ज बजारको मुख्य आयोजना तथा लियो क्लव अफ नेपालगञ्ज, लियो क्लव अफ नेपालगञ्ज खजुरा, लियो क्लव अफ नेपालगञ्ज बागेश्वरी र लियो क्लव अफ नेपालगञ्ज सनराईजको सहकार्यमा विद्यालयस्तरिय बक्तृत्वकला कार्यक्रम नेपालगञ्मा सम्पन्न भएको छ ।

लियो क्लव अफ नेपालगञ्ज बजारका अध्यक्ष पे्रक्षा केसीको अध्यक्षता तथा लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ एनका डिष्टिक गर्भनर मुकुट ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ वटा विद्यालयका छात्रछात्रा सहभागि भएका थिए ।


सो कार्यक्रममा सनविम मावि नेपालगञ्जका करुणा खनाल, प्रथम, जनता नमूना मावि खजुरा सगुन मल्ल द्वीतिय र भेरी ईग्लिस स्कुलका सविज्ञा खटिक तेस्रो स्थान हासिल गरेको प्रतियोगिताका निर्णयक डा राजकुमार सुवेदीले जानकारी दिए ।

सो अवसरमा लयान्स क्लवका डिष्टिक पदाधिकारीहरु ज्ञानेन्द्र कुमार श्रेष्ठ, भिम सुवेदी, विष्णु श्रेष्ठ, राजुमान श्रेष्ठलगायत लियो क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि सबैलाई मायाको चिनो तथा विजयीलाई पुरस्कार वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बारबर्दियामा बालविवाहबिरुद्धको परियोजनाको संयुक्त अनुगमन

२८ भाद्र २०८०, बिहीबार १७:३१
बर्दिया :  बर्दियाको बारबर्दिया नगरपालिकामा बाल विवाह न्यूनिकरणका लागि सञ्चालनमा रहेका परियोजनाहरुको संयुक्त अनुगमन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल तथा भेरी बातावरणीय बिशिष्टता समुह बि–ग्रुपको साझेदारी तथा बारबर्दिया नगरपालिकाको समन्वयमा संचालित बालविवाह न्युनिकरण परियोजनाको संयुक्त अनुगमन गरिएको हो । परियोजना अन्तरगतका क्रियाकलाप भएका नेपाल राष्ट्रिय आधारभुत विद्यालय तर्कापुर र […]