थप एक कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता १८ आश्विन २०७७, आईतवार १६:५३
 

नेपालगञ्ज : दैलेखका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दैलेख नारायण नगरपालिका ८ का ५१ वर्षीय पुरुषको आइतवार दिउँसो मृत्यु भएको हो ।

आन्द्राको समस्याका कारण कर्णाली प्रदेश अस्पतालमा भर्ना भई उपचार गराइ रहेका उनलाई कोरोना संक्रमण देखिएपछि असोज १८ गते कोहलपुर रिफर गरिएको थियो । ति पुरुषको अवस्था जटिल बन्दै गएपछि रोगको प्रकृतिअनुसार गर्नुपर्ने सबै उपचार बिधि अपनाउँदासमेत बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


यसअघि आजै बिहान २९ बर्षीया कोरोना संक्रमित सुत्केरीको उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । योसँगै बाहिरी जिल्लाबाट बाँके आएर ज्यान गुमाउने कोरोना संक्रमितको सँख्या १० पुगेको छ ।

Next Post

बाँकेमा दश संक्रमित थपिए

१८ आश्विन २०७७, आईतवार १६:५३
नेपालगञ्ज : बाँकेमा आइतवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका ५ सैनिक, नेपालगञ्जका ४ र कोहलपुरका १ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको स्वाव परीक्षण गर्दा १० जनामा संक्रमण पु्ष्टि भएको हो ।