‘निर्मला हत्यामा दुई जनाले अपराध स्वीकारे’

२२ मंसिर २०७५, शनिबार १६:५९
 

सदरलाइनडटकम,
काठमाण्डौ : कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याआरोपमा पक्राउ परेका दुई जनाले अपराध स्वीकार गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ ।
सामूहिक बलात्कारपछि हत्या गरेको उनीहरूले स्वीकार गरेपनि मुद्दा दर्ताका लागि डिएनए परीक्षणको रिपोर्टलाई पर्खेको प्रहरीका एक अधिकारीले बताए । पक्राउ परेका व्यक्तिहरुले बयानका क्रममा निर्मलाको हत्या गरेको साविती बयान दिएको प्रहरीको दावी छ । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको सिआइबीको भनाई छ ।
महेन्द्रनगर १८ भगतपुर घर भएका उनीहरु दुवै साथी हुन् । निर्मलाका छिमेकी भएकाले उनीहरुको चिनजान पहिलेदेखि नै थियो । पक्राउ परेका युवा लागुऔषध सेवनकर्ता समेत रहेको प्रहरीको भनाई छ ।
उनीहरुबारे संकलन गरिएको विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखिएको प्रहरी अधिकारी बताउँछन् । पक्राउ परेका अर्का दिनेश चौधरीको भने प्रत्यक्ष संलग्नता नदेखिएको बताइएको छ । विशाल र दिनेशलाई महेन्द्रनगरबाट काठमाण्डौ ल्याएर सोधपुछ अघि बढाइएको छ ।

Next Post

बिभिन्न संगठनको सहयोगमा बागेश्वरी मन्दिरको सरसफाई

२२ मंसिर २०७५, शनिबार १६:५९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको शनिवार वृहद् सरसफाई गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ अन्तर्गत माता बागेश्वरी वडास्तरीय आमा समूहको अगुवाईमा सामुदायिक प्रहरी सेवा केन्द्र, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलगायतको सहकार्यमा मन्दिर परिसरमा सरसफाई गरिएको हो । समूहको चौथो शनिवारीय सरसफाईअन्तर्गत विहान उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, […]