मुगु दुर्घटनामा मृत्यु हुने ३२ जनाकै सनाखत

सदरलाइन संवाददाता २७ आश्विन २०७८, बुधबार १४:५२
 

नेपालगञ्ज : मुगुको छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा भएको बस दुर्घटनामा मृत्यु ३२ जनाको सनखत भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मध्याह्न १२ बजे दुर्घटनामा परेको थियो । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।

मृतकको नामवली :

१) छायानाथ रारा नगरपालिका–७ भुईरका लालबहादुर सेजुवालकी अन्दाजी १९ वर्षीया छोरी लग्न सेजुवाल ।

२) लग्न सेजुवालका २ वर्षीय छोरा। नाम खुल्न बाँकी ।

३) वडा ७ बस्ने जयकला बमकी छोरी करिब २० वर्षीया मनदेवी बम ।

४) वडा १० झारकोटका दीर्घ बुढाकी छोरी अन्दाजी १८ वर्षीया पुजा बुढा

५) वडा ८ झ्यारीका कुशलाल वितालुका ३३ वर्षीय छोरा प्यारी वि.क

६) वडा ८ सिगाडीका २२ वर्षीय सन्तोष वितालु

७) वडा १२ सोभाका नरवीर साउँदका २२ वर्षीय छोरा छाँता साउँद

८) वडा ८ का ३५ वर्षीय चालक दानबहादुर रावल

९) वडा १० चरापका मानबहादुर खड्काकी २० वर्षीया छोरी सरिता

१०) वडा १४ बामका विर्ष सिंह बुढाका २२ वर्षीय छोरा कर्ण सिंह

११) सोरू गाउँपालिका वडा ३ भिगाउँका मानबहादुर कुमालका २५ वर्षीय छोरा मनरूप

१२) छाँयानाथ रारा–१ का २३ वर्षीया चन्द्रादेवी मल्ल

१३) वडा ६ बालैका अंख भामकी छोरी १९ वर्षीया राममाया

१४) वडा १० का बद्रिराम साउदका छोरा १८ वर्षीय छोरा अम्मर

१५) वडा ११ रोवाका दानबहादुर बुढाका छोरा २२ वर्षीय छोरा प्रकाश


१६) वडा ५ कार्किबाडाका २९ वर्षीय अजय कार्की

१७) वडा ५ का प्रेमबहादुर रावतकी श्रीमती ३२ वर्षीया श्रीमती कमला वि.सी (रावत)

१८) वडा १० ज्युलाका कृष्ण विकका छोरा २२ वर्षीय सुनबहादुर

१९) वडा १४ सुम्लीका दानसिंह बुढाका छोरा १९ वर्षीय शिव बुढा

२०) वडा ७ तोप्लाका श्रीबहादुर शाहीकी २१ छोरी वर्षीया अमृता

२१) वडा ७ का मृतक अमृता शाहीका छोरा करिब ५ वर्षीय छोरा। नाम खुल्न बाँकी

२२) वडा १४ सुम्लीकी रुपकन्य कार्कीका छोरा २० वर्षीय रूपसिंह

२३) वडा ७ तोप्लाका २२ वर्षीय महेन्द्र शाही

२४) बाँके राझाँका २२ वर्षीय प्रदिप स्वर्णकार

२५) छाँयानाथ रारा–१ का १८ वर्षीय चन्द्रप्रकाश भाम

२६) वडा ७ का १२ वर्षीय आदित्य विक्रम शाह

२७) वडा ८ का २८ वर्षीय टोपबहादुर विष्ट

२८) सोरू गाउँपालिका–८ का २३ वर्षीय आईतसिंह कामी

२९) छायानाथ रारा–८ झ्यारीका ३३ वर्षीया भगवती चन्द

३०) वडा ७ की १६ वर्षीया सस्मिता बम

३१) वडा १४ का तेजबहादुर भण्डारीका छोरा १८ वर्षीय छोरा बसन्त

३२) वडा ८ सिकाढीका बाचे बुढाका छोरा १८ वर्षीय नवीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १० संक्रमित थपिए, १७ जना डिस्चार्ज

२७ आश्विन २०७८, बुधबार १४:५२
नेपालगञ्ज : बाँकेमा बुधवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६३ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७ नमुना परीक्षण गर्दा २ र मेडिकल कलेज कोहलपुरमा २६ नमुना परीक्षण गर्दा ५ र बागेश्वरी ल्याबामा ३० नमुना परीक्षण गर्दा ३ […]