सचिन तेन्दुलकर र प्रधानमन्त्री ओलीबीच भेट

१ मंसिर २०७६, आईतवार १७:३८
 

सदरलाइनडटकम,
काठमाण्डौ : सामाजिक कामका लागि काठमाण्डौ आएका भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सचिनले आइतवार भेट गरेका हुन् ।
युनिसेफको सद्भावना दूतसमेत रहेका सचिन शुक्रवार राति काठमाण्डौ आएका थिए । उनले शनिवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बालबालिका तथा नेपाली महिला टिमका खेलाडीसँग अन्तरक्रिया गरेका थिए । सचिनसँग भेट हुँदा प्रधानमन्त्री ओलीले प्रसिद्ध खेलाडी भेट्न पाएकोमा आफू खुशी भएको बताउनुभयो ।
जवाफमा सचिनले पनि नेपालमा आफूले राम्रो आत्मीयता पाएको र बालबालिकाको क्षेत्रमा सकारात्मक काम भइरहेकोमा खुसी व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Next Post

डुडुवा मैत्रीपुर्ण फुटबलमा मानवीय बिजयी

१ मंसिर २०७६, आईतवार १७:३८
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवामा जारी दोस्रो खुल्ला मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधी मानवीय युवा क्लब नेपालगञ्जले हात पारेको छ । डुडुवा गाउँपालिकाको सहयोगमा नव दुर्गा युवा क्लब कम्दीले डुडुवा ५ छग्रहवा खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा आरसिपीबी प्रदेश नंं. ६ लाई शुन्यका विरुद्ध १ गोल मानवीय युवा क्लबले उपाधी […]