सदरलाइनडटकम,
काठमाण्डौ : आगामी तीन दिनसम्म देशभर बदली भई अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार बुलेटिन जारी गर्दै दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना जनाएको छ ।
राति देशका अधिकांश स्थानमा बदली भई मध्य तथा पश्चिमका स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना जनाएको हो । शुक्रबार भने केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
पश्चिम नेपालको तराई र चुरे क्षेत्रमा भारी वर्षाको अनुमान गरिएको महाशाखाले जनाएको छ । शनिबार पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)