लागुऔषध दुर्व्यसन निस्तेज महाअभियान बाँकेमा शुरु

सदरलाइन संवाददाता १२ आश्विन २०७७, सोमबार १५:०५
 

नेपालगञ्ज : बाँकेमा लागुऔषध दुर्व्यसन निस्तेज महाअभियान शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट सोमवार एक कार्यक्रमबीच महाअभियानको शुरुवात भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, नेपालगञ्ज उमपहानगरपालिकाका विभिन्न वडाको सहकार्य र वडा प्रहरी कार्यालयको समन्वयमा अभियान शुरु भएको हो ।

महाअभियानको शुभारम्भ गर्दै बाँकेका प्रहरी उपरीक्षक ओम रानाले लागुपदार्थ नियन्त्रण ठूलो चुनौतिकारुपमा रहेको उल्लेख गर्दै बालबालिकालाई लागुऔषध दुर्व्यसनबाट जोगाउन सकसपूर्ण भएकोले अभिभावकहरुलाई निगरानी गर्न सुझाव दिए ।


बाँकेमा ८० प्रतिशत लागुऔषध कारोवारी, दुर्व्यसनी रहेका जानकारी दिँदै उनले चोरी, डाँका, लुटपाट, झैझगडामा अधिकांश लागुऔषध प्रयोगकर्ताहरुनै देखिएको जानकारी दिए । प्रहरी उपरीक्षक रानाले प्रहरी एक्लैले मात्र अपराध न्यूनिकरण गर्न नसक्ने भएकाले समुदायको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

वडा नं. ४ बाट महाअभियानको शुभारम्भ गरेकोमा प्रहरीलाई धन्यवाद दिँदै वडाध्यक्ष सफिक बेहनाले लागुऔषध नियन्त्रण र रोकथामका लागि वडा कार्यालयले भरमजदुर सहयोग गर्ने प्रतिबद्धता जनाए । आफ्नो बालबालिकालाई पर्याप्त समय दिन अभिभावकहरुलाई आग्रह गर्दै उनले छोराछोरीमाथि निगरानी र हेरचाह बढाउन सुझाव दिए । प्रहरीले यो अभियान जिल्लाभरीनै सञ्चालन गर्ने जनाएको छ ।

Next Post

कोरोना संक्रमित एक महिलाको बाँकेमा मृत्यु

१२ आश्विन २०७७, सोमबार १५:०५
नेपालगञ्ज : कोरोना संक्रमित एक महिलाको बाँकेमा मृत्यु भएको छ । होम आइसोलेशनमा बसेकी जाजरकोटको जुनीचाँदी वडा नं. ५ की ७६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण सोमवार दिउँसो मृत्यु भएको हो । सिकिस्त विरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुग्नै लाग्दा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय […]

सम्बन्धित

ताजा अपडेट