प्रेस युनियन बाँकेद्वारा होली मिलन सम्पन्न

सदरलाइन संवाददाता २२ फाल्गुन २०७९, सोमबार १२:३९
 

नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँकेले सोमवार पत्रकारहरु बिच होली मिलन कार्यक्रम गरेको छ । युनियन बाँकेको कार्यालय प्राङ्गण गणेशपुर रोडमा होली मिलन गरिएको हो ।

होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले होली पर्बले आपसी सद्भाव, भाईचारा कायम गर्ने विश्वास गरे । युनियन बाँकेले बिगतका वर्ष झै यसवर्ष पनि होली मिलन कार्यक्रम गरेर आफ्नो परम्परालाई निरन्तरता दिएको बताए ।


’प्रेस युनियन बाँकेले हरेक वर्ष आजकै दिन होली मिलन कार्यक्रम गर्ने परम्परा छ, यसवर्ष पनि हामीले यसलाई निरन्तरता दिएका छौं, यहाँहरु सबैलाई होली पर्वको शुभकामना व्यक्त गर्दछु,’ ओलीले भने ।

सो क्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, महासंघ बर्दिया शाखाका पुर्बअध्यक्ष एवम युनियनका नेता श्रीराम सिग्देल, युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, युनियन बाँकेका सल्लाहकार चेतकान्त भट्टराई, प्रेस युनियन र पत्रकार महासंघका कार्यसमिति सदस्यहरु, अन्य संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरमा एक वरिष्ठ सई मृत फेला

२२ फाल्गुन २०७९, सोमबार १२:३९
नेपालगञ्ज : कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१५ शारदा टोलकोमा आफ्नै घरमा वरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मण चन्द मृत अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले बताएको छ । उनी आइतबार राति मृत फेला परेका हुन् । चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए । […]

सम्बन्धित