जमुनाहा नाकामा स्थायी हेल्थ डेस्क निर्माण

सदरलाइन संवाददाता ५ श्रावण २०७८, मंगलवार १७:१२
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकामा स्थायी प्रकृतिको हेल्थ डेस्क निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले हेल्थडेस्कको नवननिर्मित भवनको मंगलबार उद्घाटन गरे ।

कोरोना, डेङ्गु, मलेरिया लगायतका सङ्क्रमक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको मेयर डा. राणाले बताए । देशभरका १३ वटा नाका मध्ये स्थायी प्रकृतिको हेल्थडेस्क सञ्चालन भएको नेपालगञ्जमा पहिलो पटक हो ।


नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियन सहितका स्वास्थ्यकर्मीहरु खटिन भएका छन् । भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण(स्क्यानिङ) र आवश्यकता अनुसार परीक्षण गरिनेछ ।

५१ लाख ३१ हजार रुपियाँको लागतमा करिब तीन महिनामा प्रिपेफको भवन निर्माण सम्पन्न गरिएको छ । हेल्थडेस्कको केही भाग ईलाका प्रहरी कार्यालय जमुनाहाले समेत प्रयोग गर्ने उपमेयर उमा थापा मगरले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीका ९ प्रहरी पुरस्कृत

५ श्रावण २०७८, मंगलवार १७:१२
कैलाली : कैलालीमा साढे ३ वर्षको बालकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपीसहित ९ जना प्रहरी पुरस्कृत भएका छन् । घटनाको तोकिएको जिम्मेवारी इमानदारी तथा त्रुटीरहित ढंगबाट सम्पादन गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरूषोत्तम कँडेलले कैलालीका एसपी विश्व अधिकारीसहित ९ जनालाई पुरस्कृत […]