समावेशी साझा समुहबाट कपिल अधिकारीको नेतृत्वमा

१५ श्रावण २०७३, शनिबार १३:५४
 

IMG_8161 copyसदरलाइनडटकम,

१५ साउन, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आगामि भदौ ११ गते हुने निर्वाचनको लागि ‘समावेशी साझा समुह’को तर्फबाट कपिलप्रसाद अधिकारीको नेतृत्वमा निर्वाचनमा होमिने भएको छ । अधिकारी वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन ।
नेपाल राष्ट्रिय वाणिज्य संघ बाँकेले नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी अधिकारीको नेतृत्वमा उपाध्यक्ष बाणिज्य तर्फ तनविर जमिल हल्वाई र उद्योग तर्पmको उपाध्यक्षमा रचना श्रेष्ठको उम्मेदवारी घोषणा गरेको छ । संघको विधान अनुसार अन्य १२ जनाले खुल्ला सदस्य पदमा प्रतिस्पर्धा गर्नेछन् । यसैबाट महासचिव, उप–महासचिव र कोषाध्यक्ष चयन गरिने छ ।
नेपाल राष्ट्रिय वाणिज्य संघ बाँकेका अध्यक्ष भाष्कर काफ्लेले नेपालगन्ज उद्योग बाणिज्य संघले कार्यसमितिको बहुमत सदस्यले भन्दै संघको विधान मिचेर केही सदस्य निलम्बन गरेको प्रति विरोध तथा न्यायिक प्रकृयाका कार्यक्रमहरु साथमै लैजाने गरी चुनावी तयारीको लागि आफ्नो तर्फबाट अध्यक्ष र दुई उपाध्यक्षको उम्मेदवारी घोषणा गरिएको बताए ।
दुई उपाध्यक्ष मध्य हल्वाई मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै विगतमा दुई कार्यकाल कोषाध्यक्ष भई संघको आर्थिक नियमावली तयार गरी लागू गर्ने व्यक्ति हुन भने अर्की उपाध्यक्ष श्रेष्ठ बर्तमान कार्यसमितिमा उप–महासचिवको भूमिका निर्वाह गरेकी र विगतका चार कार्यकाल निरन्तर विजयी हुदै आएकी उम्मेदवार हुन ।
IMG_8108 copy

‘सम्मृद्धिका लागि व्यावसायिक एकता संस्थागत गरिमा हाम्रो प्रतिबद्धता’ भन्ने मूलनाराका साथ निर्वाचनको अभियान सञ्चालन गरिने र त्यसका लागि ५ सय १ सदस्यीय मूल तयारी समिति, ५ सदस्यीय स्टेरीङ्ग समिति गठन गरिएको संघका सल्लाहकार ज्ञानेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
IMG_8111 copy


उनले भाष्कर काफ्लेको संयोजकत्वमा गठित स्टेरीङ्ग कमिटीमा मधुसुदन शर्मा रिजाल, अशोक कर्माचार्य, कृष्णप्रसाद श्रेष्ठ र ज्ञानेन्द्रकुमार श्रेष्ठ, मुकुट ढकाल र प्रवक्तामा भिम सुवेदी रहेको बताए ।
IMG_8120 copy

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आथित्यमा उम्मेदवारी घोषणा कार्यक्रममा उद्योगीहरु होमप्रसाद पाण्डे, हाजी शकिल अहमद जसगढ, महिला उद्यमी संघकी कुसुम बस्नेत, बालेराम रमाशंकर लगायतले सफलताको शभकामना ब्यक्त गरेका थिए भने सो अवसरमा उद्योगी चम्फालाल बोथरा, कृष्णकाजी श्रेष्ठ, राम टंडन, वितरक संघका पूर्व अध्यक्ष मुकबहादुर शाहलगायतको व्यावसायी उद्योगीको उपस्थिति रहेको थियो ।
IMG_8131 copy

यसैबीच सोही निर्वाचनको लागि अन्य दुई समूहले पनि आ–आफ्नो प्यानलको घोषणाको लागि तयारी गरिरहेको बुझिएको छ । नन्दलाल बैष्य र गोपालप्रसाद अधिकारीको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनाएर संघको निर्वाचनमा होमिने जानकारीमा आएको छ ।
यता नेपालगन्ज उद्योग बाणिज्य संघको बहुमत कार्यसमितिले तीन सय भन्दा बढि सदस्यहरुको सदस्यता निलम्बन गरेपछि यहाँका उद्योगी ब्यवसायीहरुबीच बिबाद चुलिएको छ । भाद्र ११ गते तोकिएको निर्वाचन नजिकिदै गर्दा संघको सदस्यता सम्बन्धी बिबाद समाधान हुनुको साटो बल्झिदै गएको छ ।IMG_8134 copy IMG_8135 copy IMG_8139 copy IMG_8140 copy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा संघ बाँकेले राहत संकलन अभियान सुरु गर्ने

१५ श्रावण २०७३, शनिबार १३:५४
सदरलाइनडटकम, १५ साउन, नेपालगन्ज : युवा संघ बाँकेले जिल्लाका बाढी पीडितहरुका लागि राहत संकलन अभियान सुरु गर्ने भएको छ । आईतबारबाट अभियान सुरु गर्न लागिएको संघका अध्यक्ष किशोर थापाले जानकारी दिएका छन् । संघ आबद्ध पदाधिकारी, सदस्य, उद्योगी, ब्यवसायी तथा शुभेच्छुकहरुबाट राहत संकलन गर्न लागिएको हो ।‘बाढीपीडितहरुको पीडामा मल्हम लगाउने […]