बैजनाथमा वडास्तरिय सार्वजनिक सुनवाई

७ बैशाख २०७५, शुक्रबार १९:४८
 

सदरलाइनडटकम  
७ बैशाख, बैजनाथ (बाँके) : गाउँपालिकाको वडाले दिने सेवा र सुविधाको बारेमा जानकारी दिनको लागि वडास्तरीय सार्वजनिक सुनुवाई आयोजना गरिएको छ ।
बैजनाथ गाउँपालिका कार्यालयको वडा २ को सार्वजनिक सुनवाईमा वडा कार्यालयले दिने सेवा र सुविधा विषयक सार्वजनिक सुनवाई सम्पन गरेको हो ।
स्थानीय सरकारले स्थानीय जनताको जनअपेक्षा नबुझेको सार्वजनिक सुनवाइका सहभागिहरले गुनासा व्यक्त गरेका थिए । सार्वजनिक सुनवाईमा स्थानीय निकायको निर्वाचनमा गरिएका प्रतिबद्धता करिव १ वर्ष हँुदासम्म पनि कार्यान्वयमा नभएको गुनासो व्यक्त गरे ।
सार्वजनिक सुनवाईमा विभिन्न बुदाहरुमा वडा अध्यक्ष प्रेमबहादुर थापाले आगामी दिनहरुबाट सबै विषयहरु ऐन कानुन निमार्ण गरी कार्यान्वयमा ल्याउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा आयोजनाहरुको लागत स्टेमेट अग्रेजीमा भएका कारण धेरै समस्या देखा परेको स्थानीय उपभोक्ता समितिका प्रतिनिधिहरुले गुनासो गरे ।
अध्यक्ष थापाले पालिकामा बारम्बर लागत स्टेमेट नेपालीमा बनाउनु पर्ने बताए पनि प्राविधिकहरुको लापरवाहीका कारण समस्या आएको बताउदै अबका दिनहरुमा नेपाली तथा सबैले बुझ्ने भाषामा बनाईने प्रतिवद्धता व्यक्त गरे
कार्यक्रमको सहजीकरण उत्पीडित सामुदायिक विकास केन्द्र ओसीडिसी बाँकेका कार्यकारी निर्देशक रबि रोकायाले गरेका थिए ।

Next Post

वडा सदस्य खाँ को स्मृतीमा श्रद्धाञ्जली सभा

७ बैशाख २०७५, शुक्रबार १९:४८
सदरलाइनडटकम ८ बैशाख, डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिका वडानं. ३ का वडासदस्य तथा गाउँसभा सदस्य अतिउल्ला खाँको स्मृतीमा श्रद्धाञ्जली सभा गरिएको छ । निधन भएको एक महिनाको तिथि पारेर श्रद्धाजली सभा गरिएको हो । वडा नं. ३ हलबलडोलीमा रहेको मृतक खाँको निवासमा आयोजना गरिएको सभामा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार […]