भारतमा एकैदिन ११३३ संक्रमितको मृत्यु

; २३ भाद्र २०७७, मंगलवार १३:१४
 

काठमाण्डौ : भारतमा पछिल्लो चौबिस घण्टामा थप ७५ हजार ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४२ लाख ८० हजार २३२ पुगेको छ ।

भारतका केद्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले चौबिस घण्टाको अवधिमा १ हजार १ सय ३३ जनाको कोरोना संक्रमणका कारण मृत्य भएको जानकारी दिएको छ ।


भारतमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ८ लाख ८३ हजार ६ सय ९७ रहेको छ भने ३३ लाख २३ हजार ९ सय ५१ संक्रमित निको भएका छन् ।

अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२ हजार ७ सय ७५ रहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Next Post

बनेको चार दिनमै भत्कियो बाटो र नाली

२३ भाद्र २०७७, मंगलवार १३:१४
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ को बल्दीपुर्वामा निर्माण भएको नाली चार दिनमै भत्किएको छ । डुडुवा ६ स्थित बल्दीपुर्वा गाउँमा ठेक्कामार्फत निर्माण भएको नाली ४ दिनमै भत्किएको हो । गाउँपालिकाकाको योजनाअनुसार ठेक्का सम्झौतामार्फत उक्त गाउँमा पिपिसि बाटो र नाली निर्माण कार्य भएको जनाइएको छ । स्थानीयका […]