चारसय पाँच जनाको स्याम्पल काठमाण्डौ पठाइयो

२७ बैशाख २०७७, शनिबार १८:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जबाट शनिवार संकलन गरिएको थ्रोट स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । नेपाली सेनाको बिमानबाट ४ सय ५ जनाको थ्रोट स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएको हो ।
नेपालगञ्जको टांगा स्टेशन क्षेत्रबाट शनिवार संकलन गरिएको १ सय ६२ जनाको र बर्दियाका २ सय ४३ जनाको स्वाब नेपाली सेनाको बिमानबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पतालमा एक दिनमा १ सय स्याम्पल मात्र परीक्षण गर्न सकिने भएकाले बढि भएका स्याम्पल काठमाण्डौ पठाइएको श्रेष्ठले स्पष्ट पारे । काठमाण्डौ पठाईएका स्याम्पलको रिपोर्ट २४ घण्टाभित्रै आउने भएकाले परीक्षण सहजताका ४ सय ५ वटा स्याम्पल काठमाण्डौ पठाईएको श्रेष्ठले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ स्थित टांगा स्टेशनमा स्वाब संकलन गर्ने कार्य सकिए पनि नगर भवन आसपासको क्षेत्र तथा ११ नं. वडाको नाका टोलबाट स्वाब संकलन भईरहेको जानकारी दिँदै श्रेष्ठले त्यस क्षेत्रबाट संकलन गरिएका नमुनाको परीक्षण भेरी अस्पतालको प्रयोगशालामा गर्ने बताए ।

Next Post

एचसिआरसी अस्पतालका संस्थापक डा. शाहद्वारा ५० परिवारलाई राहत

२७ बैशाख २०७७, शनिबार १८:४०
सदरलाइनडटकम, नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन प्रभावितका लागि नेपालगञ्जमा रहेको एचसिआरसी अस्पताल तथा कप्तान कृषि फर्मका संस्थापक डा. कुमार सान शाहले राहत उपलब्ध गराएका छन् । कोरना भाइरसविरुद्धको लडाइँ लकडाउनको माध्यामबाट लडिरहदा दैनिक ज्यालामजदुरी गरी दैनिकी धान्नेहरुको बन्द चुलो बाल्नको लागि डा. शाहले नेपालगञ्ज […]