करेन्ट लागेर बाँकेमा एक युवकको मृत्यु

; १६ भाद्र २०७७, मंगलवार १३:२४
 

राप्तीसोनारी (बाँके) : माछा मार्न गएका बाँकेका एक युवकको मृत्यु भएको छ । जंगली बँदेललाई मार्न थापिएको पासोमा परेर राप्तीसोनारी वडा नं. २ का २१ वर्षीय तिलक थारुको मृत्यु भएको हो ।

सोमवार राती आफ्नै धानबारीमा माछा मार्न गएका थारुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


धानबारीमा आउने बँदेल मार्ने उद्देश्यले स्थानीयले थापेको करेन्ट लागेर उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Next Post

बाँकेका २४ जनामा कोरोना पुष्टि

१६ भाद्र २०७७, मंगलवार १३:२४
नेपालञ्ज : बाँकेमा मंगलवार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २४ जना संक्रमण पुष्टि भएको हो । यसका साथै बर्दियाका ४ र दाङका ५ जनामा पनि संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८१ वटा […]

सम्बन्धित