क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या

१२ श्रावण २०७७, सोमबार १५:२९
 

सदरलाइनडटकम,
बर्दिया : बर्दियाको ठाकुरबाबास्थित क्वारेन्टाइनमा रहेका एक युवकले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय भुरिगाउँका अनुसार अछाम बन्निगढी गाउँपालिका घर भई ठाकुरबाबा ४ सैनवारमा आफन्त कहाँ आएका रामबहादुर साउँदले आइतवार राति क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् ।
युवक करीव दस दिनअघि भारतको राजस्थानबाट महेन्द्रनगर हुँदै ठाकुरबाबामा आफन्त कहाँ आएका थिए । आफन्तले क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिनअघि क्वारेन्टाइन लगेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले उनको आइतवार दिउँसो पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि भेरी अस्पताल नेपालगञ्जमा पठाइएकोले साँझसम्म रिपोर्ट आउने बताए । रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका हुन् । उनी डिप्रेशनको बिरामी रहेको बताइएको छ ।

Next Post

बाँकेमा थपिए दुई जना कोरोना संक्रमित

१२ श्रावण २०७७, सोमबार १५:२९
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा कोरोनाका थप दुई जना संक्रमित भेटिएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का २४ वर्षीय पुरुष र ४९ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । यस्तै प्युठानको मल्लरानीका एक जना पुरुष र दाङ तुलसीपुरका पाँच जना पुरुषमा संक्रमण देखिएको […]

सम्बन्धित