औषधि व्यावसायी संघद्वारा ४ सय थान भिटिएम सहयोग

सदरलाइन संवाददाता १४ भाद्र २०७७, आईतवार १९:४९
 

नेपालगञ्ज  : कोरोनाको जाँच जनस्तरमा पुराउनको लागि अभाव रहेको भिटिएम सहयोग आउने क्रम जारी छ । पछिल्लोे समय नेपाल औषधि व्यवसायी संघ बाँकेले ४ सय भिटिएम सहयोग गरेको छ ।

बाँकेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई संघको एक प्रतिनिधि मण्डलले एक लाख बराबरको ४ सय थान भिटिएम उपलब्ध गरायको संघका जीवन शर्माले जानकारी दिए ।


यसअघि बाँकेमा लागन्स क्लव, आड्रा नेपाल, बैक तथा वित्तिय संस्थाका कर्मचारीहरुका तर्फबाट भिटिएम उपलब्ध गराईएको थियो । भिटिएमको उपलब्धता भएसंगै परीक्षणको दर पनि तीब्र रुपले बढाईएको छ ।

 

 

Next Post

बाँकेमा तीन जना कोरोनामुक्त

१४ भाद्र २०७७, आईतवार १९:४९
नेपालगञ्ज : बाँकेबाट सोमवार तीन जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत दुई कर्मचारीसहित तीन जना डिस्चार्ज भएका हुन् । श्रेष्ठका अनुसार नेपालगञ्ज ३ की २८ बर्षीया महिला र कोहलपुरका ३८ बर्षीय पुरुष मेडिकल कलेज […]