डा.केसीको समर्थन गर्दै बाँकेमा रिले अनशन

सदरलाइन संवाददाता २४ आश्विन २०७७, शनिबार १५:४३
 

नेपालगञ्ज : अनशनरत डा.गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न नागरिकस्तरबाट दबाव शुरु गरिएको छ । यसअघि बिभिन्न समयमा डा.केसीसंग वार्ता गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाउँदै आएका बाँकेका नागरिकले माग सम्बोधनका लागि दबाव शुरु गरेका हुन् ।

उनीहरुले दबाबस्वारुप शुक्रवारदेखि शुरु गरेको अनिश्चितकालीन रिले अनशन शनिवार पनि जारी छ ।

दबाब समुहका संयोजक एवं अभिवक्ता विश्वजित तिवारी, बल बहादुर चन्द, जगदम्बा पाठक, पत्रकार जयसिंह केसी, युवा नेता तथा व्यापारी ललित रौनियार र शिक्षक कृष्णदेबी पाण्डे अनशनमा बसेका छन् ।


डा. केसीले उठाएको ६ बुंदे माग तत्काल पुरा गर्नुपर्ने भन्दै पत्रकार केसीले अहिले सबै क्षेत्रमा माफियाहरुकै बोलबाला रहेकोले आन्दोलनमा सहभागी हुन सबैलाई आव्हान गरे । उनले डा.केसीले राखेको माग सबै जनताको हितका लागि भएकाले अब जनतानै उठ्नुपर्ने समय आएको बताए ।

स्वास्थ्य, शिक्षा र सुशासनका बिषयमा जायज माग राख्दै नागरिकको हकहितका लागि पहल गर्ने डा.केसीले गत २७ दिनअघि जुम्लामा सत्याग्रह शुरु गरि हाल काठमाण्डौको त्रिभुवन युनिभर्सिटी, टिचिङ्ग हस्पिटलमा आमरण अनसनमा बसेका छन् । हाल उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र कुनै पनि बेला हृदयाघात हुनसक्ने देखरेखमा संलग्न डाक्टरहरुले बताएका छन ।

सत्याग्राही डा. गोविन्द केसीको माग र जिवन रक्षाका लागि बाँकेमा दबाबमुलक कार्यक्रम तय गरिएको छ । दबाब कार्यक्रमअन्तर्गत २३ गते शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको थियो ।

Next Post

देशभर पाँच हजार बढी संक्रमित थपिए

२४ आश्विन २०७७, शनिबार १५:४३
काठमाण्डौ : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ छ । स्वास्थ्य तथा […]

सम्बन्धित