डेंगु परिक्षणको किट नेपाल आईपुग्यो

११ कार्तिक २०७३, बिहीबार १३:४४
 

सदरलाइनडटकम,   images (3)
११ कात्तिक, काठमाडौं : डेंगु परिक्षणका लागि आवश्यक पर्ने किट बिहीबार नै भारतबाट ल्याएर चितवन र झापामा पठाइएको छ । भारतबाट ल्याईएको ९०० किट मध्ये ४०० ओटा चितवनको जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाइएको र २०० ओटा झापाको दमक अस्पतालमा पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्यले जानकारी दिए ।
उनले दमक अस्पताललाई थप २०० ओटा किट आम्दा अस्पतालले समेत दिने भएकाले झापा, चितवन सहित डेंगु प्रभावित सवै ठाउमा पर्याप्त मात्रामा किट पुगेको बताए । वाँकी ३०० भने महाशाखामै संचय गरिएको छ । डेंगु परिक्षण गर्ने झण्डै ६०० ओटा किट शुक्रबार अमेरिकाबाट पनि ल्याईने भएको छ । शुक्रबार दिउसो ३ बजेसम्म अमेरिकाबाट मगाईएको किट आईपुग्ने आचार्यले बताए । पछिल्लो समय डेंगु प्रभावित हुनेहरुको संख्या पनि निकै कम भएको उनले जानकारी दिए ।
चितवनमा केहीदिनदेखि नयाँमा देखिएको छैन भने झापामा बुधबार २२ जना र बिहीबार ४ जनामा मात्रै देखिएको छ । डा आचार्यले बिहीबारसम्म यस वर्ष देशभरी डेंगु देखिएकाहरुको संख्या ५ सय २५ पुगेको जानकारी दिए ।


पर्वमा पनि २४सै घण्टा सेवा download

डेंगु प्रभावित क्षेत्रहरुमा चाड पर्वको बेलामा पनि २४सै घण्टा सेवाको व्यवस्था गरिने भएको छ । संवन्धित स्वास्थ्य संस्थाका प्रमुखहरुलाई चाड पर्वको बेलामा पनि उपचारको व्यवस्था गर्न लगाइएको महाशाखाले जनाएको छ । चितवन र झापामा बिहीबार पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय स्वयमसेवी आदीको टोलीले लामुखट्टे फैलन नदिने र डेंगु सचेतना कार्यक्रमहरु जारी राखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

Young girls engage in sports to fight social stigmas in Nepal's least developed Karnali region

११ कार्तिक २०७३, बिहीबार १३:४४
 Sixteen-year-old Manisha Khatri had her first menstrual period last year, which saw her being kept in a shed– a separate, sunlight-less hut like structure near her home for seven days. She was neither allowed to touch the male members of the family, cattle or crops, nor enter kitchen or rooms […]

सम्बन्धित