तनहुँको ऐना पहरामा बस दुर्घटना, १६ जनाको उद्दार, उद्दार कार्य जारी

सदरलाइन संवाददाता ७ भाद्र २०८१, शुक्रबार १२:५४
 

तनहुँ :  तनहुँको ऐना पहरामा भएको बस दुर्घटनामा अहिले यात्रुहरुको उद्दार कार्य जारी छ । बस पोखराबाट काठमाण्डौ जाँदै गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार बसमा ४० जना यात्रु थिए । ती मध्ये १६ जनाको उद्दार गरिएको छ । बाँकी यात्रुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङदी नदीमा बस खसेको हो । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मस्र्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या अझै एकिन हुन सकेको छैन ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी मन्त्रिपरिषद् सदस्यको आचारसंहिता जारी

७ भाद्र २०८१, शुक्रबार १२:५४
  दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो मन्त्रिपरिषद् सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता लागु गर्ने भएका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०८१ लागु गर्ने निर्णय गरेका हुन । सरकारले स्वनियमनको रणनीति बनाएको हो । त्यसका लागि आचारसंहिता लागु गरेको छ । प्रदेश […]