खजुरा गाउपालिकामा एमालेको प्रचार अभियान तीब्र ( फोटो सहित)

३ जेष्ठ २०७४, बुधबार २०:४३
 

सदरलाइनडटकम
३ जेठ, नेपालगन्ज : पहिलो चरणको स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुने क्रमसंगै दोस्रो चरणको निर्वाचनको तयारी विभिन्न राजनीतिक दलहरुले तीब्र बनाएका छन् ।
बुधबार नेकपा एमालेंले खजुरा गाउपालिकामा मोटरसाईकल ¥यालीसंगै कोणसभाको आयोजना गरेको छ । खजुरा गाँउपालिका पार्टीको आयोजनामा गरिएको सो मोटरसाइकल ¥याली एमाले निकट निकट युवासंघ नेपाल बाँके खजुरा गाउपार्टी कमिटीको आव्हानमा निकालिएको युवा संघ बाँकेका कोषध्यक्ष तथा खजुर गाउँपालिका वडा नं.४ का वडा अध्यक्षका उम्मेदवार तिलबिर सुनारले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार एमालेको चुनाव चिन्ह अंकित झण्डा सहित पार्टीको तर्फबाट गाउँपालिकामा प्रमुख उप–प्रमुख र वडा सदस्यहरुका पक्षमा मत माग्दै खजुरा गाउँपालिका क्षेत्रभरी प्रचार गरी खजुरा गाउपालिका– २ के गाउ मन्दीरमा कोण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो ।
एमाले बाँकेका पूर्व अध्यक्ष तथा प्रदेश नं. ५ का सदस्य नन्दलाल रोकायको प्रमुख आतिथ्यमा सम्पन्न सो कोण सभामा विभिन्न पार्टीमा आवद्ध रहेका ५७ जना युवाहरु एमालेमा प्रवेश गरेको आयोजकले जनाएको छ ।
एमाले खजुरा गाउपालिका सहसंयोजक सतिश निरौलाले स्वागत गरेको सो कार्यक्रममा पूर्व केन्द्रीय सल्लाहकार समिति सदस्य बाबुराम गौतम, एमाले केन्द्रीय खेलकुद विभागका सचिव दामोदर अर्याल, खजुरा गाउपालिका प्रमुखका उम्मेदवार किस्मत कक्षपति, उपप्रमुखका उम्मेदवार एकमाया विक, संयोजक भिम ओलीलगायतले सम्बोधन गरेका थिए ।
एमाले खजुरा गाउपालिकामा किस्मत कुमार कक्षपति प्रमुख, एक माया विक उपप्रमुख, वडा नं. १ मा युवा नेता सुमन मल्ल, २ मा देविलाल खनाल, ३ मा पूर्णबहादुर भण्डारी, ४ मा तिलबिर सुनार, ५मा निसार दर्जी, ६ मा साविर अन्सारी, ७ मा अतिउल्ला खाँ र ८ बाट ईद्रिस खाँलाई उम्मेदवार बनाउने भएको छ ।


 मोटर साईकल र्याली


कोण सभा

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय चर्चित कलाकार रीमा लागुको निधन

३ जेष्ठ २०७४, बुधबार २०:४३
सदरलाइनडटकम,   भारतीय चर्चित कलाकार रीमा लागुको ५९ वर्षको उमेरमा हृदयघाटका कारण मुम्बईमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । छातीमा समस्या भएपछि मुम्बइस्थित अम्बानी अस्पतालमा उपचारका लागि उनलाई लगिएको थियो । उपचार कै क्रममा उनको निधन भएको हो । उनका श्रीमान् विनय वायकुलले स्थानीय सञ्चार माध्यामलाई रीमाको उपचारको क्रममा […]