सदरलाइनडटकम,
बर्दिया : बर्दियामा दुई महिला मृत भेटिएका छन् । ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा रहेको सिँचाइका लागि बनाइएको नहरमा डुबिरहेको अवस्थामा आइतवार विहान शव भेटिएको इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँले जनाएको छ ।
प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका ५ बस्ने ७० वर्षीया मिश्री थारू र उनकी ४६ वर्षीया बुहारी फुलरानी थारूको शव फेला परेको हो ।
शनिवार मिर्चैयास्थित आफन्तको घरबाट आफ्नो घर फर्किने क्रममा असिनासँगै परेको चट्याङ लागेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बगनाहाका प्रहरी साहायक निरीक्षक कृष्ण केसीले जानकारी दिए ।
