बाँकेमा शनिबार १० जना कोरोना मुक्त भएर घरफिर्ता

सदरलाइन संवाददाता १३ भाद्र २०७७, शनिबार १२:५५
 

नेपालगञ्ज :  बाँकेमा शनिबार १० जनाले कोरोना संक्रमण जितेर घर फर्केका छन । कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ६ वर्षीया बालिकादेखि ६४ वर्षसम्मका १० जना शनिबार डिस्चार्ज भएका हुन ।

जिल्ला स्वास्थ्य काुर्यालय बाँकेका कोरोना फोकल पर्शन श्रेष्ठले दिएको जानकारी अनुसार बाँकेका विभिन्न आईशोलेशनबाट १० जना कोरोना मुक्त भएर डिस्चार्ज छन ।


यसरी डिस्चार्ज हुनेहरुमा सञ्चारकर्मी कमल विके निर्मोहीलगायतका रहेका छन । उनी सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आईसोलेसनमा रहेर स्वास्थ्य लाभ गरेका हुन । उनी शनिबार विहान कोरोना जितेर घर फिर्ता भएका छन् ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या हजार नजिक पुगेको छ । शुक्रबार साँझसम्म भेटिएका ९७५ बिरामीमध्ये ७०३ जना डिस्चार्ज भई घर फर्कि सकेका छन् । हाल बाँकेका विभिन्न आईसोलेशनमा २६६ सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको संक्रमणबाट मृत्युु भई सकेको छ ।

Next Post

ह्वाइट हाउस क्वारेन्टिनमा परिणत

१३ भाद्र २०७७, शनिबार १२:५५
नेपालगञ्ज : नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिन सारिएको छ । क्याम्पसको क्वारेन्टिनलाई शुक्रवार राती होटेल ह्वाइट हाउसमा सारिएको हो । सारिएको स्थानमा महिलाहरूलाई माथिल्लो तल्लामा राखिएको छ भने पुरूषहरूलाई तल्लो तल्लमा राखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार क्वारेन्टिलाई होटेलमा सारिएको छ । नेपालगञ्ज क्वारेन्टिनमा हाल […]

सम्बन्धित