ह्वाइट हाउस क्वारेन्टिनमा परिणत

; १३ भाद्र २०७७, शनिबार १३:४९
 

नेपालगञ्ज : नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिन सारिएको छ । क्याम्पसको क्वारेन्टिनलाई शुक्रवार राती होटेल ह्वाइट हाउसमा सारिएको हो ।

सारिएको स्थानमा महिलाहरूलाई माथिल्लो तल्लामा राखिएको छ भने पुरूषहरूलाई तल्लो तल्लमा राखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार क्वारेन्टिलाई होटेलमा सारिएको छ ।


नेपालगञ्ज क्वारेन्टिनमा हाल ६९ जना छन् । शैक्षिक संस्थालाई लामो समय क्वारेन्टिन बनाउन नसकिने भएकाले केही समय दिगो बनाउनुपर्ने आवश्यकता अनुसार नै केही समयअघि नेपालगञ्ज क्वारेन्टिनलाई सो होटेलमा सार्ने निर्णय गरिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले क्वारेन्टिन अन्यत्र सार्ने निर्णय गरेको थियो ।

Next Post

बाँकेमा थपिए दश कोरोना संक्रमित

१३ भाद्र २०७७, शनिबार १३:४९
नेपालगञ्ज : शनिवार बाँकेका १० सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका ८ तथा नरैनापुर र जानकी गाँउपालिकाका एकएक जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा माछापुछ्रे बैंकका कर्मचारीसहित नेपालगन्जका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन नरेश […]