सदरलाइनडटकम
२१ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा गत माघ ११ गतेदेखि नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सवमा सबै भन्दा बढी पुरस्कार राशीको राहीमार्ट नृत्य प्रतियोगिताको उपाधी दुई समुहले चुम्न सफल भएका छन् ।
प्रतियोगितामा सहभागी १२ जना सहभागी मध्ये भेरी नर्सिङ कलेजका सृजना विष्टलगाएतको टिम र खजुरा क्याम्पबाट सहभागी शुस्मीता शाहीलाई संयुक्त रुपमा निर्णयकले विजेता घोषणा गरेका हुन । आईतबार सम्पन्न फाईनल प्रतिस्प्रर्धाको निर्णायक तथा ठमेल बजार गीतका कोरियोग्राफर समेत रहेका चर्चित कोरियोग्राफर बिक्रम स्वाँरले दुबै प्रतिस्प्रधीको अंक समान रहेकाले संयुक्त रुपमा विजयी घोषणा गरीएको जानकारी दिए ।
उपाधीसागै विजेताले ५०÷५० हजार नगद पुरस्कार प्राप्त गरेका छन । १ लाख नगद पुरस्कारको सो प्रतियोगितामा दुई प्रतिस्प्रधीलाई बिजेता घोषणा गरेपछि ५०÷५० हजार नगद पुरस्कार प्रदान गरीएको साँस्कृतीक उपसमितिका संयोजक तपेन्द्र बिक्रम शाहाले जानकारी दिए । साथै विजयी प्रतिस्पर्धीले प्रतिनिधीत्व गर्दै आएको दुई कलेजलाई समेत ५÷५ हजार नगदबाट पुरस्कृत गरिएको छ ।
महोत्सवमा जिल्लाका १२ वटा कलेजले सहभागीता जनाएका थिए । यसैबिच महोत्सवको ११ औं दिन आईतबार सम्पन्न साँस्कृतीक कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेकी प्रश्ना पाण्डेले नगद रु १० हजार नगद प्राप्त गरेकी छन । सिमरक किण्डम स्कुलमा अध्ययनरत पाण्डेलाई पर्फमर अफ डे को उपाधी सहित नगद पुरस्कारबाट पुरस्कृत गरीएको हो ।