सिलाईकर्मीलाई रोग प्रतिरोधात्मक होमियोप्याथिक औषधि वितरण गरिदै

९ भाद्र २०७७, मंगलवार २०:३७
 

नेपालगञ्ज : नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने होमियोप्याथिक औषधि वितरण गर्ने भएको छ । मारवाडी सेवा समाजले प्रदान गरेको सो औषधि बाँकेमा रहेका सिलाईकर्मी मजदुर तथा व्यवसायीलाई वितरण गर्ने भएको हो ।

सो औषधि बाँकेमा रहेका करिब २ हजार सिलाईकर्मी मजदुर तथा व्यावसायीलाई वितरण गर्न लागेको नेपाल कपडा सिलाई तथा व्यावसायी संघ बाँकेका अध्यक्ष शालिकराम नगवागले जानकारी दिए । साथै उनले सो औषधि भिडभाड नगरिकन र सामाजिक दुरी कायम गर्दै वितरण गरिने बताए ।

यस्तै नेपाल कपडा तथा सिलाई व्यवसायी संघका सचिव मो. मोहसिन हल्वाई(समिर)ले कोभिड–१९ अर्थात कारोना माहामारीले गर्दा सबै सिलाई मजदुरहरु त्रसित तथा विचलित भएको अवस्थामा संघले वितरण गर्न लागेको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने औषधिले उनिहरुको रोग प्रतिरोधात्मक क्षमता बृद्धी हुनुका साथै मनोवैज्ञानिक रुपमा पनि उनिहरु मजबुत हुने आशा व्यक्त गरे ।


कोभिड १९ अर्थात कारोना माहामारीका कारण यसैपनि सिलाईकर्मी मजदुर तथा व्यावसायीहरु निराश भएको बेला संघले वितरण गरेको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने होमियोप्याथिक औषधिले केहि राहत महसुस भएको पुरानो आँखे फेशन बुटिकका सन्चालक तथा सिलाईकर्मि मेराज अहमद हल्वाईले बताए ।

यस्तै नेश्नल टेलर्सका सन्चालक अजमेर अलिशेख तथा चाँदनी टेलर्सका सन्चालक हुसेन अहमद हल्वाईले संघले आफुहरुलाई औषधि वितरण गर्नु सराहनीय कार्य भएको बताएका छन् । सो औषधि पहिलो ३ दिन लगातार विहान खाली पेटमा र त्यसपछि हप्तामा १ गोलि १ पटक खान सकिने छ ।

 

Next Post

बाँकेमा ३८ स्वास्थ्यकर्मीसहित २०९ राष्ट्रसेवक कर्मचारी भए संक्रमित

९ भाद्र २०७७, मंगलवार २०:३७
नेपालगञ्ज  : बाँकेमा हालसम्म ३८ जना स्वास्थ्यकर्मी र १७१ जना सरकारी कर्मचारीमा गरी २०९ पेशाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । कोरोना महामारी शुरु भएको समयदेखि हालसम्म बिभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुको पिसिआर परीक्षणबाट ३८ जना स्वास्थ्यकर्मी र १७१ जना सरकारी कर्मचारी गरी २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोभिड–१९ […]