नेपालगञ्ज : चिसोको समयमा उपचारको लागि रगतको अभाव हुन नदिने उदेश्यले दैलेख आठबिस समाज,बाँकेको आयोजनामा रक्तदान कार्यक्रम आइतबार नेपालगञ्जमा सम्पन्न भएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । उनले यस्ता परोपकारी कार्यको निरन्तरताको कामना गर्दै दैलेख आठविस समाजलाई बाँकेमा समाजसेवी संस्थाको रुपमा चिनाउन आग्रह गरे । उनी आफु पनि आठबिस नगरपालिका वडान ४ का स्थायी वासिन्दा हुन ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष शिक्षक, अधिकारकर्मी तथा अधिवक्ता पूर्णबहादुर शाहीले यस समाजले मानव हितका लागि सदासर्वदा प्रयत्नशील हुनु पर्ने बताए । कार्यक्रममा पूर्व शिक्षक थापा मनबहादुर नेपाली, अक्कलबहदुर शाहीलगायत दर्जनौं व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा रास्ट्रिय युवा संघ, कर्णाली प्रदेशका अध्यक्ष जीवनकुमार शाहीले समेत रक्तदान गरेका थिए । उनी जाजरकोटका भूकम्प पीडितको अस्थायी टहरा निर्माण गरी बाँके आएका हुन ।
सो कार्यक्रमको अध्यक्षता, समाजका अध्यक्ष प्रकाशकुमार सिजापति र संयोजन समाजका कोषाध्यक्ष बलबहादुर बडुवालले गरेको कार्यक्रम संचालन समाजका सचिब चिन्तक कार्कीले गरेका थिए ।