नाइजेरियामा २३ जनाको गोली हानी हत्या

१२ श्रावण २०७६, आईतवार १४:३७
 

सदरलाइनडटकम,
काठमाण्डौ : नाइजेरियाको आतंकवादी संगठन बोको हरामका बन्दुकधारीहरुले बोर्नो राज्यमा २३ जनाको हत्या गरेका छन् । अन्तिम संस्कार सकेर फर्किरहेका २३ जनाको हत्या गरिएको स्थानीय नागरिक सेना (मिलिशिया) ले बताएका छन् । ‘मैदुगुरी नजिक एक जना नातेदारको अन्तिम संस्कारमा सहभागी भएर फर्किरहेका एक पुरुषको समूहमाथि शनिबार मोटरसाइकलमा आएका आक्रमणकारीहरुले गोली चलाएका थिए’, स्थानीय मिलिशिया नेता बुनु बुकर मुस्तफाले भने ।
मुस्तफाले घटनास्थलबाट २३ जनाको शव प्राप्त भएको जानकारी दिएका छन् । नागनजाई जिल्लाका एक अधिकारीले पनि घटनामा र २३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । बोको हरामका बन्दुकधारी समूहले पटक– पटक नागनजाई जिल्लामा आक्रमण गर्दै आइरहेका छन् ।
गत सेप्टेम्बर महिनामा पनि स्थानीयले आफ्ना घरपालुवा जनावर दिन नमानेका कारण आठ जनाको हत्या गरेका थिए । बोको हराम र उसको इस्लामिक स्टेट अफ् इराक र लेवन्त समर्थित आईएसडब्ल्यूएपी स्प्लिन्टरले बितेका केही महिनामा नागरिक र सैन्य शिविरमा आक्रमण बढाएको छ ।
(एजेन्सी)

Next Post

विपन्न ब्यक्तिलाई बिना धितो ऋण प्रदान

१२ श्रावण २०७६, आईतवार १४:३७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले निम्न तथा मध्यम परिवारका ब्यक्तिलाई ब्यवसाय संचालनका लागि डेढ करोड रुपैयाँ बढि बिना धितो ऋण सहयोग गरेको छ । छनौंटमा परेका ब्यक्तिलाई टोलस्तरीय संस्था हुँदै वडा कार्यालयको सिफारस अनुसार बार्षिक १० प्रतिशत ब्याजदरमा बिना धितो ऋण लगानी गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार नगर भवनमा […]

ताजा अपडेट