बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

सदरलाइन संवाददाता २५ पुष २०७८, आईतवार १४:३५
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जिल्लाका तीनवटा प्रयोगशालामा एक सय १ सय ३३ जनाको नमुना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ४६ नमुना परीक्षण गर्दा २४ जना, मेडिकल कलजे कोहलपुरमा ६३ र बागेश्वरी ल्यावमा २४ नमुना परीक्षण गर्दा एक–एक जनागरी २६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


संक्रमण पुष्टि भएका मध्ये बाँकेका आठ जना छन् । तीन र सात वर्षीया बालबालिका पनि संक्रमणको चपेटामा परेका छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार पाँच सय १६ पुगेको छ ।

यस्तै तीन जना डिस्चार्ज भएका छन् । नेपालगञ्जका चार, खजुरा र राप्तीसोनारीका दुई–दुई जना छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ५६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले डडेल्धुराको अध्यक्षमा साउँद सर्वसम्मत

२५ पुष २०७८, आईतवार १४:३५
नेपालगञ्ज : नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन भएका छन् । आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउँद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । जिल्ला अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन् । अन्य पदमा पनि सहमतिको प्रयास […]