मुख हेर्ने दिन अर्थात कुशे औशी छोराछोरीका लागि विषेश दिन

३ भाद्र २०७७, बुधबार १८:०१
 

सुनिता बर्मा     : 

आज बुबाको मुख हेर्ने दिन अर्थात (कुशे औशी), आज हामी सबै छोरा छोरीहरुको लागि विशेष दिन, आजको दिन सबै छोराछारीहरु आफ्नो बुवा प्रति स्नेह प्रकट गरी फलफूल, उपाहार दिदै (कुशे औशी) को शुभकामना प्रदान गरी रहेका छन् ।

बुवालाई हामी सबैले सधै माया गर्छौ तर आज बुवाको मुख हेर्ने दिन (कुशे औशी) भएकोले सबै छोराछारीहरु आफ्नो बुबासंगको फोटो सामाजिक संजालमा पोष्ट गरी आफ्नो बुबाप्रतिको माया र सम्मान प्रस्तुत गरी रहेका छन् । यद्यपी कतिका बुवाआमाले सामाजिक सञ्जालको बारेमा थाहा नपाएको पनि हुनसक्छ तर पनि अरुको देखाशिखी गर्दै सामाजिक सञ्जाल बिहानैदेखि छोराछोरी र बुवाको फोटोले भरिएको छ ।

बुवालाई माया र सम्मान गर्नु हामी सबै छोराछारीको कर्तव्य र दायित्व हो । उहाँहरुको खुशी नै हाम्रो जीवनको अमूल्य धन हो । आज हामी जे छौं उहाँहरुको कारण नै छौ । यो हामीले कहिले विर्सिन हुदैन की हाम्रो औला समातेर पहिलो पाइला बढाएर हिड्न सिकाउने नै बुबा हुन । बुबा परिवारको अगुवा हुनुहुनछ । परिवारको हरेक जिम्मेवारीलाई पुरा गर्ने प्रयास गर्नुहुन्छ ।


बुवाले आफ्नो छोराछोरीको खुशीमा नै आफ्नो खुशी खोज्ने गरेका छन् । घरमा बच्चाको जन्म हुने आवस्था शुरु भएदेखि नै बच्चाको सुरक्षाको लागि श्रीमतिको खानपान उपचार लगायतमा आ–आफ्नो क्षमता अनुसार विशेष ध्यान दिन शुरु गर्ने बुवा नै हो । जन्मिएको बच्चालाई पहिलो पटक आफ्नो काखमा लिंदा बुबाहरुलाई बेग्लै खुशी महसुस हुन्छ बुबाको लागि उसको बच्चा नै उसको संसार भएको महसुस हुन्छ दिनभरि काम गरेर घर फर्किन्दा आफ्नो दुःख थाकानलाई ध्यान नदिई आफ्नो बच्चाहरुसंग रमाउन्छन् बुबाको लागि उसको बच्चाको मुस्कान औषधि समान हुन्छ ।

बच्चाको भविष्यलाई उज्जवल बनाउनको लागि के कस्ता कुरालाई ध्यान दिनु पर्छ यस्तो कुरामा एक पटक होइन दशौ पटक सोच्छन् बच्चाको शिक्षा, स्वास्थ लगायतको सुविधा दिदै आफ्नो बच्चाको जीवन सुखमय बनाउने प्रयास सबै बुबाको हुन्छ । बुबा छोराछोरीलाई सुखसुविधा मात्र नदिई छोराछोरी माथि आइपर्ने समस्याहरुसंग पनि लड्छन आफ्नो छोराछारीलाई समाजको विकृती, नकारात्मक क्रियाकलाप , र गलत संगतबाट जोगाउने प्रयास गर्छन् यो संसारमा अरुको मायामा छल हुन सक्छ तर बुवाको मायामा छल हुदैन ।

बुबा छोराछोरीको सुरक्षा र भविष्यको लागि आफ्नो सम्पूर्ण मिहेनतको लगानी लगाउन पछि पर्दैनन् त्यसैले त बुवा र छोराछोरीको नाता घनिष्ट हुन्छ तर बर्तमान समयमा केही यस्था सन्तानहरु पनि छन् जो आफ्नो बुबाको सहारा बन्न असहज मान्छन् राम्रो मुखले कुरा गर्दैनन समय दिन सक्दैनन र बुबा आमालाई बुढेसकाल लागेपछि हेरचाह नगरी बृद्ध आश्रममा बस्न बाध्य गराउन्छन् यसको अर्थ यो होइन की सबै छोराछोरी आफ्नो बुबालाई माया गर्दैनन या हेरचाह गर्दैनन् । ती केहीले पनि सन्तान हुनुको कर्तव्य र दायित्व पुरा गरी दिएको भए समाजमा बृद्ध आश्रमको लागि ठाउँ नै हुँदैन ।

पछिल्लो समयमा आफ्नो जीवन नै छोराछोरी हुन भनेर अपर्ण गर्ने बाबुलाई नै तीनै छोराछोरीले अपहेलना गर्दै पाटीको बास बस्न बाध्य बा्नाउने गरेका पनि छन् । त्यस्ता सन्तानले बाबुआमा आफ्ना अमूल्य निधि हुन उनीहरुको हेरचाह आफ्नो दायित्व र धर्म हो भन्ने बुझ्न जरुरी छ । यसरी सबैले मनन गर्न सके आज बुबाको मुख हेर्ने दिन अर्थात (कुशे औशी), सफल हुन्थ्यो । सबै बुबाको लागि सबैमा बुबाको मुख हेर्ने दिन अर्थात (कुशे औशी), शुभकामना छ ।

Next Post

नेपालको पत्रकारितामा कोभिड–१९ को असर प्रतिवेदन सार्वजनिक

३ भाद्र २०७७, बुधबार १८:०१
  नेपालगञ्ज : नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्त रुपमा सञ्चालन गरेको विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) को असर प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । कोभिड–१९ का कारणले नेपालको पत्रकारिता क्षेत्रमा देखिएको असर राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिक रुपमा गम्भीर असर […]

ताजा अपडेट