सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाको गौशालामा आइतवार बृक्षारोपण गरिएको छ । वडा नम्बर ५ को मोतिपुरस्थित गौशाला क्षेत्रमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको नेतृत्वमा साढे ६ सय विरुवा रोपिएको हो । अमलाका पाँच सय र जामुनका डेढ सय विरुवा रोपिएको अध्यक्ष शाहले बताए ।
२० हजार विरुवा रोप्ने लक्ष्य लिएर गाउँपालिकाले बृक्षारोपणलाई तिब्रता दिएको छ । सरकारी कार्यालय, सरकारी विद्यालय, सामुदायिक वन, सार्वजनिक ठाउँ र सडक छेउछाउ बृक्षारोपण गरिने अध्यक्ष शाहले जानकारी दिए । गाउँपालिकालाई हरियाली र स्वच्छ बनाउन बृक्षारोपणलाई प्राथमिकता दिइएको प्रमुख प्रशाकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
