पर्यटक सूविधा लिएर नेपालबाट भारतका विभिन्न शहरमा पेसेन्जर बोक्दै

सदरलाइन संवाददाता २१ माघ २०८०, आईतवार १९:२३
 

नेपालगञ्ज  :  तिर्थाटनको लागि भारतीय दूताबासबाट अलईण्डियाको रुट परमिट लिएर नेपालका विभिन्न नाकाहरुबाट भारतका विभिन्न शहरमा टिकट काटेर यात्रु बोक्ने गरिएको छ ।

पर्यटकको सुबिधा लिएर यात्रु बोकेको आरोपमा नेपाली यात्रुबहाक बसलाई भारतको उत्तर प्रदेशको नानपारामा भारतीय यातायात व्यवसायीले नियन्त्रणमा लिएर यात्रु ओरालेका छन् ।


दाङ्गबाट रा १ ख २८२४ कोईलाबास हुँदै भारत छिरेको यात्रुबाहक बसले दाङ्गबाट पर्यटक सुविधाको अल ईण्डिया रुट परमिट लिएर भारतको सिमला पेसेन्जर लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएर बसमा सवार पेसेन्जरलाई अन्य बसमा पठाएका थिए । नानपारमा सो बसका चालकलाई भारतीय यातायात व्यवसायीले केरकार गरेको भिडियो समेत सार्वजनिक भएको छ ।

नेपालमा रहेका विभिन्न यातायात समितिले पर्यटक सुविधाको रुट परमिट लिएर यात्रु बोक्ने गरेको पाईएपछि रुपैडिहा नाकाबाट केही भारतीय यातायात व्यवसायीले विरोध जनाए पछि भारतीय प्रहरी, यातायात व्यवसायीको अनुरोधमा कडाई गरेको छ ।

नेपालबाट सिमला, अहमदाबाद, कुल्लु मनाली, चण्डिगढ, पञ्जाव, भोपाललगायतका शहरमा जाने यात्रुलाई पर्यटक तथा तिर्थाटनको लागि सुविधाको रुटपरमिट लिएर टिकट काटेर यात्रु ओसार्दा यात्रुहरु अलपत्र पर्ने, बिचबाटोमा झारीदिनेलगायतका समस्यामा पर्ने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीद्वारा छड्के जाँच

२१ माघ २०८०, आईतवार १९:२३
नेपालगञ्ज : बाँकेमा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना हुने स्थानको पहिचान गरि सचेतना अभियान सञ्चालन गरेको छ । सवारी चालकलाई जिम्मेवार बनाई दुर्घटना हुनबाट जोगाउन जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए […]

सम्बन्धित