रुसमा कोरोनाविरुद्धको खोप उत्पादन शुरु

३२ श्रावण २०७७, आईतवार १४:००
 

काठमाण्डौ : रुसले कोरोना भाइरसविरुद्धको खोप उत्पादन शुरु गरेको छ । यो महिनाको अन्तिममा खोप लगाउन शुरु गर्ने गरी उत्पादन थालिएको रुसको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गत मंगलवार रुसले यो खोप मानिसमा परीक्षण गरेको थियो ।

खोपको विश्वसनियतामा प्रश्न नउठोस् भनेर राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा खोपको परीक्षण गर्नुभएको थियो । राष्ट्रपति पुटिनले खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको बताएका छन् ।


दुई दिनअघि खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रियरूपमा व्यक्त भइरहेका चिन्ताहरूलाई रुसले ‘एकदमै आधारहीन’ भनेको थियो । द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरू ख्याल नगरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

Next Post

बाँकेमा आइतवार थपिए २० कोरोना संक्रमित

३२ श्रावण २०७७, आईतवार १४:००
नेपालगञ्ज : बाँकेमा आइतवार थप २० जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टाको परीक्षणमा बाँकेमा २० र सल्यानको कपुरकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बाँकेको सशस्त्र प्रहरी गुल्मका १५ जना, ग्लोबल बैंकका […]

सम्बन्धित