प्रेस संगठन बाँकेको भर्चुअल बैठक सम्पन्न

३० श्रावण २०७७, शुक्रबार १९:१३
 

नेपालगञ्ज  : प्रेस संगठन बाँकेको शुक्रवार जुम प्रविधिको प्रयोग गर्दै भर्चुअल बैठक सम्पन्न भयो । संयोजक डक्ट धितालको संयोजकत्व र सह–सहयोजकले सन्चालन गरेको सो बैठकले बिभिन्न निर्णय गरेको छ ।

बैठकले कोरोना संक्रमित भई उपचार गराइरहेका संगठन बाँकेका कार्यसमिति सदस्य खगेन्द्र दाहाल सहित लोकगायक एवं संचारकर्मी कमल बिके निर्मोहीलाई शिर्घ स्वास्थ्य लाभको कामना गर्दै उनीहरुलाई परेका समस्या एवं अनुभव साटासाट र संगठनबाट हुने सहयोगको प्रतिवद्धता गर्दै कोरोनाबाट जोगिन बिशेष सावधानी अपनाउन सम्पूर्ण संचारकर्मीलाई अपील गरेको छ ।


कोरोनाका कारण संचारगृह र संचारकर्मी संकटमा परेको परेको बताउँदै संगठनको यस्तो विषम परिस्थितीमा समेत बाँकेमा रहेका केही संचारगृहले लामो समयदेखि पारिश्रमिक नदिएको, ढिलो दिने गरेको, कर्मचारी कटौती गरेको जस्ता घटनाप्रति बैठकको गम्भीर ध्यानार्कषण भएको छ । विषम परिस्थितीमा भइरहेका यस्ता गतिविधि रोक्न र आगामी रणनीतिका तय गर्न सर्वपक्षिय छलफल गरी अगाडी बढ्ने निर्णय गरेको छ ।

साथै अहिलेको संकटबाट संचारकर्मी स्वयं प्रत्यक्ष जोडिएका स्थानीय संचारगृहलाई उकास्न सरोकारवाला पक्षबीच के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै अगाडी बढ्ने योजना समेत बनेको छ ।

कोरोनाका कारण प्रभावित बनेको सांगठनिक गतिविधिलाई क्रियाशिल बनाउँदै लैजाने निर्णय भएको छ । साथै बाँकेका संचारकर्मीको कोरोना वीमा गरेकोमा नेपाल पत्रकार महासंघ प्रदेश कमिटी र नेपाल पत्रकार महासंघ बाँके शाखालाई धन्यवाद दिदै छुटेका सहकर्मीको वीमा संगठन स्वयंले गरेको जानकारी गराएको छ । बैठकमा नेपाल प्रेस संगठनका केन्द्रीय सदस्य रुद्र सुवेदी, प्रदिप वाग्ले लगायतले बोलेका थिए ।

Next Post

राप्तीनदी कटानको स्थलगत अनुगमन जोखिमबाट जोगाउन पहल गरिने प्रतिबद्धता

३० श्रावण २०७७, शुक्रबार १९:१३
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ कचनापुर क्षेत्रमा राप्ती नदीले गरि रहेको कटानको स्थलगत अनुगमन गरी कटानबाट हुनसक्ने जोखिमबाट जोगाउन ततकाल पहल गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुसहितको टोलीले नदी कटानको अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिए । सो अनुगमनमा गाउँपालिका […]