ब्राउन सुगरसहित दुई लोनिया पक्राउ

३० श्रावण २०७७, शुक्रबार ०८:५१
 

नेपालगञ्ज  : बाँके प्रहरीले नेपालगञ्ज–२२ शान्तिचोकबाट अवैध लागू औषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।


प्रहरीले बिहीबार दिउसो ३ बजे सुराकीले दिएको जानकारी अनुसार शान्तिचोकबाट वर्ष ३२ को राकेशकुमार लोनिया र वर्ष २८ को छविलाल लोनियालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास खड्काले उनीहरुको साथबाट प्लाष्टिकको २ र कागजको १ वटा पुडिया बनाई राखेको २ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर जस्तो धुलो देखिने पदार्थ सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेका बताए ।

Next Post

सिन्धुपाल्चोकमा पहिरो, ३८ जना बेपत्ता

३० श्रावण २०७७, शुक्रबार ०८:५१
सदरलाइनडटकम, काठमाण्डौ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा शुक्रवार विहान खसेको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् । पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । पहिरोका कारण ३८ जना बेपत्ता भएको, र ३७ घर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोका […]