बैशाखको पहिलो सातामा एमाले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बस्ने

सदरलाइन संवाददाता २४ चैत्र २०८०, शनिबार १३:१३
 

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेले बैशाखको पहिलो सातामा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ ।

पार्टीले आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।


बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न शनिबार केन्द्रीय कार्यालयमा बैठक बोलाइएको उनले बताए । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।

परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवा–६ का किसानले आलुखेतिबाट मनग्य आम्दनी गर्दै

२४ चैत्र २०८०, शनिबार १३:१३
डुडुवा (बाँके) :  बाँके डुडुवा गाउँपालिका वडानं. ६ का किसान व्यावसायिकरुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको विभिन्न क्षेत्रमा आलुखेती गरिए पनि डुडुवा–६ हिरमिनियाका किसान व्यावसायिक आलुखेतीमार्फत आत्मनिर्भर बनेका छन् । यस वडामा रहेको करिब ३० वटै गाउँका किसान आलुखेती गर्दै आएका छन् । डुडुवा गाउँपालिका वडा […]