सिन्धुपाल्चोकमा पहिरो, ३८ जना बेपत्ता

३० श्रावण २०७७, शुक्रबार १५:१४
 

सदरलाइनडटकम,
काठमाण्डौ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा शुक्रवार विहान खसेको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् । पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
पहिरोका कारण ३८ जना बेपत्ता भएको, र ३७ घर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । उनका अनुसार पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टर मार्फत चौतारा र काठमाडौ पठाइएको छ ।
चार सय मिटरमाथिबाट आएको पहिरोले बस्ती क्षतविक्षत बनाएको छ । घटनास्थलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत जिल्लाका उच्च अधिकारीहरु पुगेका छन् ।

Next Post

भेरीको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि

३० श्रावण २०७७, शुक्रबार १५:१४
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बाँकेमा शुक्रवार ११ सहित २३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षण गर्दा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि […]