अरविन्द केजरीवालले लिए मुख्यमन्त्रीको शपथ

४ फाल्गुन २०७६, आईतवार १३:२०
 

सदरलाइनडटकम,
काठमाण्डौ : आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतवार तेस्रो पटक दिल्लीका मुख्यमन्त्रीको रुपमा शपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उपराज्यपाल अनिल बैजलले केजरीवालले पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।
अरविन्द केजरीवालपछि मनीष सिसोदियाले मन्त्री पदको शपथ लिए । केजरीवालको शपथ ग्रहणमा कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाइएको थिएन । आम आदमी पार्टीले शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो पठाएको छ ।
यद्यपि प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वाराणासी पुगेका छन् । यसका साथै दिल्लीका सात जना सांसद, सबै निगम पार्षदहरु, भाजपा र काङ्ग्रेसका प्रदेश अध्यक्षलाई पनि आमन्त्रण गरिएको थियो ।

Next Post

बुटवलका घरमा आधुनिक प्रविधिको नम्बर टाँसिदै

४ फाल्गुन २०७६, आईतवार १३:२०
सदरलाइनडटकम, बुटवल : बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घरको गणना शुरुवात गरेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक भएका घरमा नम्बर टाँस्न थालिएको छ । बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा प्रमुख शिवराज सुवेदीले ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरको नम्बर प्लेट टाँसेर शुभारम्भ […]