सदरलाइनडटकम,
दैलेख : ट्याक्टर दुघटना हुँदा दैलेखमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । शुक्रवार जाजरकोटको सुयाडादेखि दैलेखको भगवतीमाई गाउँपालिका मुकाम बेस्तडा बजार आउँदै गरेको भे १ च ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भगवतीमाई गाउँपालिका ५ का २० वर्षीया भीमबहादुर विकको घटनास्थलमै मृत्यु भएको बेस्तडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनोज कँडेलले बताए ।
घाइते हुनेमा ट्याक्टर चालक २८ वर्षीया दीपक विक र सहयोगी १९ वर्षीया ललित विक रहेको प्रहरी जानकारी दिएको छ । घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । ट्याक्टर सडकबाट झण्डै ३ सय मिटर तल खसेको प्रहरी सहायक निरीक्षक कँडेलले बताए ।
